काठमाण्डौ । लामो समयपछि आज नेप्सेको दैनिक चार्टमा बोलिंगर ब्यान्डको मूल्यरेखाले ब्रेक-अप गरेको छ। 

नेप्सेको दैनिक चार्टमा आज मूल्यरेखाले बोलिंगर ब्यान्डको मध्यरेखामा करिब साढे २ अर्बको कारोबार र भोलुमसहितको ब्रेक-अप गरेको हो। (हेर्नुहोस् बोलिंगरको कालो एरो) 

योसँगै आज क्यान्डल स्टिकमा पनि बुलिस मारुबुजु क्यान्डल बनेको छ। यसअघि मध्यब्यान्डमा मूल्यरेखाले २९८० को विन्दुबाट खसेपछि ६ पटकभन्दा बढी प्रतिरोधको सामाना गरेर लोअरब्यान्डतर्फ नै खसेको थियो। 

म्याक्डीमा पनि गत २६ जुनमा बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम सकारात्मक र लामा–लामा बन्दै गएका छन्। दैनिक चार्टमा नै आरएसआई पनि न्यून विन्दु १९ बाट फर्केर हाल न्युट्रल जोन ५२ मा रहेको छ।  

त्यसैगरी आज सुपर ट्रेन्डमा पनि बुलिसक्रस बनेको छ। आज बनेको क्यान्डलले सुपर ट्रेन्डको अप्परब्यान्डलाई ब्रेक गरेर बुलिसक्रस बनाएको छ। योसँगै सुपर ट्रेन्डको रङ पनि परिवर्तन भएर रातोबाट हरियो बनेको छ। यसले बजारमा भविष्यमा उछाल आउन सक्ने संकेत गर्छ।(हेर्नुहोस् कालो एरो) 

यसविपरीत यदि मूल्यरेखाले लोअरब्यान्डलाई ब्रेक–डाउन गर्छ भने बजार बियरिस यात्रामा गएको बुझिन्छ। (हेर्नुहोस् सुपर ट्रेन्डमा रातो एरो) यस्तो अवस्थामा सुपर ट्रेन्डको रङ पनि परिवर्तन भएर रातो हुने गर्छ।