काठमाण्डौ । आज सेयर बजार दिनभर नै घटेर कारोबार भयो। सुरुमा थोरै अंकले घटेको बजार अन्तिममा करिब २४ अंकले घटेर बन्द भएको छ।
प्राविधिक रुपमा आजको क्यान्डलाई हेर्दा बियरिस मारुबुजु क्यान्डल बनेको छ। इन्ट्रा डे बेसमा आजको बजारलाई हेर्ने हो भने बजारले बोलिंगरको मध्य ब्यान्डलाई ब्रेक गरेर पनि तल झरेको अवस्था छ।
म्याक्डीमा पनि बजार बियरिस क्रसओभर बनेको छ। हिस्टोग्राम नेगेटिभ र राता लामा बनेको छ। आरएसआई हाल ५८ बाट तल झरेर ४७ को तहमा पुगेको छ।
डेली बेसमा हेर्दा भने बजारले मध्य ब्यान्डमा सपोर्ट लिन खोजेको देखिन्छ। यो भनेको बजारले करिब १९०० को विन्दुमा सपोर्ट लिँदै गरेको देखिन्छ।
डेली बेसमै बजारलाई म्याक्डीमार्फत हेर्दा बुलिस क्रसओभर भ्यालिड नै छ। हिस्टोग्राम पनि सकारात्मक नै छ तर केही फिक्का बनेको छ।
बजारलाई अघिल्लोपटकको न्यून विन्दु १८३४ देखि १९८१ सम्म फिबोनासी तानेर हेर्दा आज ०.५ प्रतिशतको सपोर्टमा लिएको देखिन्छ। यदि त्यहाँबाट पनि तल झरेमा बजार ०.६१ सम्म अर्थात १८९० सम्म आउन सक्छ। यो भनेको अघिल्लोपटकको बढाइको करेक्सन नै हो। तर, त्यहाँबाट पनि तल जान्छ भने बजारले नयाँ लोवर लो बनाउनसक्छ। यद्यपि, बजारले १८९० देखि १९०० सम्ममा बलियो सपोर्ट लिन सक्ने अधिक सम्भावना छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
14 minutes ago
47 minutes ago
56 minutes ago
1 hour ago
1 hour ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago