काठमाण्डौ । आज सेयर बजार दिनभर घटेर बन्द भएको छ। कारोबार खुलेदेखि घटेको बजार दिनभर घटेर नै बन्द भएको हो।
प्राविधिक रुपमा हेर्दा बजारले आज बोलिंगरको मध्य ब्यान्डलाई ब्रेक डाउन गरेको छ (हेर्नुहोस् कालो एरो)। विगतमा यस्तो अवस्थामा बजारमा लामो समय करेक्सन आएको थियो।
अघिल्लो साता मध्य ब्यान्डमा सपोर्ट लिएको बजार यो साताको पहिलो कारोबारमै मध्य ब्यान्डबाट तल झरेको हो।
म्याक्डीमार्फत हेर्दा बजार बुलिस क्रसओभर भ्यालिड नै छ। तर, हिस्टोग्राम फिक्का भएका छन्।
आरएसआई हाल ४३ को तहमा रहेको छ। आज बजार मनोवैज्ञानिक विन्दु १९०० भन्दा तल झरेको छ। योसँगै फिवोनासीको ०.६१ को विन्दु १८९० बाट तल भरेर १८८५ मा बन्द भएको छ।
पिभटमार्फत हेर्दा अबको पहिलो सपोर्ट १८८३ मा, दोस्रो सपोर्ट १८६१ मा तथा तेस्रो सपोर्ट १८३१ मा रहेको छ। यदि आगामी दिनमा बजार बढेमा क्रमशः १९३६, १९६६ र १९८७ मा प्रतिरोधको सामना गर्न सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
34 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago