काठमाण्डौ । आज पनि सेयर बजार दिनभर नै घटेर कारोबार भएको छ। आज दिनभरको कारोबारमा बजारले पटक–पटक १८६० र १८७० मा केही समय टिकेर सपोर्ट लिन खोजेको देखिन्छ। तर, बजार यी विन्दुमा धानिन सकेन।
बजार घटेसँगै आज कारोबार पनि घटेको छ। तर, अघिल्लो कारोबारभन्दा आज सूचक र भोलुम घटेको देखिन्छ। यसले विस्तारै बजारमा अब घट्ने क्रम रोकिन सक्ने देखिन्छ।
बजारलाई डेली बेसमा बोलिंगर ब्यान्डमार्फत हेर्दा आज मूल्यरेखाले मध्य ब्यान्ड छोडेर तल झरेको छ। यसले बजारमा बिक्री दबाब परेको देखिन्छ।
म्याक्डीमार्फत हेर्दा बजारले करिब–करिब बियरिस क्रस ओभर हुँदै गरेको अवस्था देखिन्छ। हिस्टोग्राम पोजिटिभ रहेका छन् तर छोटा र फिक्का हुँदै गएका छन्।
आरएसआई पनि करिब ७० को ओभरबट जोनबाट तल झरेर हाल ४३ को तहमा आएको छ। बजार घट्दा यस्तो विन्दु ओभर सोल्ड जोन ३० सम्म आउन सक्छ। पिभटमार्फत हेर्दा आज १८४९ मा बन्द भएको बजारले आगामी दिनमा थप घटेमा १८३२, १७९९ र १७६५ मा सपोर्ट लिन सक्छ। तर, बढेमा भने बजारले नजिकको प्रतिरोध क्रमशः १८९५, १९२९ र १९९२ मा सामना गर्न सक्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
9 hours ago
20 hours ago
20 hours ago
21 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago