काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार करिब १६ अंकले बढेर बन्द भएको छ। कारोबार भने अघिल्लो दिनको तुलनामा केही घटेको छ।
बजारलाई प्राविधिक रुपमा हेर्दा आज बजार बोलिंगरको मध्य ब्यान्डमा टिकेर कारोबार भएको छ। यसले बजार सम्हालिँदै गरेको देखिन्छ। आज १८६६ मा बन्द भएको बजार आगामी कारोबारमा १८७५ भन्दा माथि–माथि टिकेर कारोबार हुन्छ भने बजारले माथिको यात्रा तय गरेको र आजको लो प्वइन्ट १८३६ लाई नै न्यून मान्न सकिन्छ। यहाँबाट पनि तल गएको खण्डमा भने बजारले नयाँ लो बनाउन सक्छ।
बजारलाई म्याक्डीमार्फत हेर्र्दा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम छोटा–छोटा र फिक्का हुँदै गएको अवस्थमा छ।
आरएसआईमार्फत हेर्दा करिब ओभर बट जोनबाट खसेको बजारले ४३ को तहबाट माथि फर्केर हुक बनाएको छ।
समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा बजारले मध्य ब्यान्डमा सपोर्ट लिन खोजेको देखिन्छ। तर, यसको कन्फर्मेसनका लागि भने आगामी कारोबारमा बजारमा बुलिस मारुबुजु क्यान्डल बन्नुपर्ने हुन्छ।
डाउ थेउरीमार्फत हेर्दा यदि आगामी दिनमा बजार १८६० भन्दा माथि–माथि टिकेर कारोबार हुन्छ भने यहाँनेर बजारले हायर लो कन्फर्मेसन गरेको बुझ्न सकिन्छ। यो भनेको आगामी दिनमा बजारको स्पष्ट माथि जाने संकेत हुनेछ।
त्यसैगरी फिवनाकीमार्फत हेर्दा पनि १८५० भन्दा माथि–माथि टिकेर बन्द भएमा बजारको अप ट्रेन्डको सम्भावना देखिन्छ भने त्यहाँबाट तल झरेमा भने बजारमा करेक्सन हुन सक्ने देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
8 hours ago
19 hours ago
19 hours ago
21 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago