काठमाण्डौ । सेयर बजार आज दिनभर नै बढेर कारोबार भएको छ। बजारमा आज ५० अंकको बढोत्तरीसहित डेढ अर्ब माथिको करोबार भएको छ।
प्राविधिक रुपमा आजको बढाइलाई बुलिस मारुबुजु क्यान्डल बनेको भन्न सकिन्छ। यसले बढ्दो बजारलाई संकेत गर्छ।
बोलिंगर ब्यान्डमार्फत आजको बजारलाई हेर्दा मध्य ब्यान्डमा सपोर्ट लिएको देखिन्छ। अघिल्लो साता बनेका दुईवटा क्यान्डललाई मिलाएर हेर्दा बजारमा मध्य ब्यान्डमाथि मर्निङ स्टार बनेको देखिन्छ।
यदि पहिलो क्यान्डल रातो मारुबुजु, दोस्रो क्यान्डल डोजी र तेस्रो क्यान्डल ग्याप अप ओपनिङसहित बुलिस मारुबुुजु क्यान्डल बन्छ भने त्यसलाई मर्निङ स्टार क्यान्डल भनिन्छ। यसले बजार माथि जाने संकेत गर्छ।
म्याक्डीमार्फत हेर्दा आज बजार केही समयपहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ भने हिस्टोग्राम सकारात्मक नै छ। आज हिस्टोग्राम केही सकारात्मक र लामो बनेको छ।
आरएसआईमार्फत हेर्दा ४३ को तहबाट फर्केर ५५ को विन्दुमा पुगेको छ। बजारलाई आरएसआईबाट हेर्दा बुलिस डाइभर्जेन्स बनेको देखिन्छ। किनकि यसभन्दा अगाडि घट्दा ३४ को तहबाट फर्केको थियो भने यसपटक त्यहाँभन्दा माथिबाटै फर्केको छ। यसकारण बजारले योपटक पनि १८३५ नै लो लगाएको भन्न सकिन्छ।
प्राइस एक्सनमार्फत हेर्दा पनि बजार यदि १८६० भन्दा माथि–माथि नै चल्छ भने डेली टाइममा हायर लो कन्फर्मेसन मिलेको भन्न सकिन्छ।
पिभटमार्फत हेर्दा बजारको अबको प्रतिरोध क्रमशः १९५०, २०३४ र २०९० रहेको छ भने घटेमा क्रमशः १८९३, १८५० र १८०८ मा सपोर्ट लिनेछ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
8 hours ago
18 hours ago
18 hours ago
20 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago