काठमाण्डौ । नेप्सेको आवरली चार्टमा आज मूल्यरेखा मध्यब्यान्डभन्दा तल झरेको छ। योसँगै मूल्यरेखा पुनः बोलिंगर तल्लो ब्यान्डतर्फ आकर्षित भएको देखिन्छ। (हेर्नुहोस् कालो एरो)

योसँगै अप्पर ब्यान्ड र लोअर ब्यान्डको दूरी पनि घटेको छ। यसले बजारले दिशा परिवर्तन गर्न थालेको बुझिन्छ। 

आवरली चार्टमै  म्याक्डीमा भने गत १५ अगस्टमा बनेको बुलिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ। तर, हिस्टोग्रामहरु पोजिटिभ भए पनि छोटा–छोटा र फिक्का हुँदै गएका देखिन्छन्। 

आवरली चार्टमा नै आरएसआई न्यून विन्दु २७ बाट बढ्दो गतिमा ४० को विन्दुमा रहेको छ। (हेर्नुहोस् कालो एरो) 

त्यसैगरी दैनिक चार्टमा हिजो बनेको बुलिस इन्गल्फिङ इन्भ्यालिड भएको छ। बुलिस इन्गल्फिङले बजारमा बढोत्तरी आउन सक्ने बुझिन्छ। भ्यालिड हुनका लागि अर्को दिन बन्ने क्यान्डल अघिल्लो दिनको हरियो क्यान्डलबाट  ग्याप–अप ओपनिङ भएर माथि क्लोज हुनुपर्छ। तर, आज बनेको क्यान्डल  अघिल्लो क्यान्डलभन्दा तल र रातो बन्न गएकोले बुलिस इन्गल्फिङ पूर्ण रुपमा इन्भ्यालिड भएको छ। 

यस्तै दैनिक चार्टमा नै सुपर ट्रेन्डमा मूल्यरेखा सुपर ट्रेन्डको लाइनभन्दा तल झरेका छ (हेर्नुहोस् तस्बिरमा कालो एरो)। यसले पनि बजारमा बिक्रीचाप नै परेको देखिन्छ। 

आगामी दिनमा यदि बजार आजको उच्च विन्दु २०८८ भन्दा माथि खरिदको रणनीति  तथा २००६ भन्दा तल गएमा स्टप लस गर्नु उपयुक्त हुन सक्छ। भोलुम भने हिजोको तुलनामा आज केही बढेको छ। तर, घट्दो बजारमा भोलुम बढ्नु भनेको त्यति राम्रो मानिँदैन। 

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेरमात्र लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।