काठमाण्डौ । नेप्सको दैनिक चार्टमा आज बजारले बोलिंगर ब्यान्डको मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको छ। (हेनुहोस् कालो एरो)

आगामी कारोबारमा यदि बजारले बोलिंगरको मध्य ब्यान्डलाई ब्रेक गर्छ भने बजारले प्राविधिक रुपमा  माथिको यात्रा तय गर्दै गरेको बुझिन्छ। यसका साथै अघिल्लोपटकको प्रतिरोधको विन्दु १९८८ लाई ब्रेक गर्छ भने त्यसले बजारमा बढोत्तरी आउँदै गरेको थप आधार तय हुनेछ। 

म्याक्डीमा आज बजारले एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्न थालेको देखिन्छ। यदि आगामी कारोबारमा यसलाई क्रस गरेमा बुलिस क्रसओभर भएको बुझिनेछ। तर, हालसम्म यस्तो क्रसओभर भइसकेको छैन। (हेर्नुहोस् कालो एरो) 

आरएसआई पनि २६ को ओभर सोल्ड जोनबाट फर्केर ४८ न्युट्रल जोनमा पुगेको छ। आज बजार  नेप्सेको आवरली पिभट प्वइन्ट १९५० भन्दा माथि बन्द भएको छ। आगामी दिनमा बजार बढेमा पिभटको पहिलो प्रतिरोध १९७५ को विन्दुमा, दोस्रो २०१३ को विन्दुमा र तेस्रो २०३८ को विन्दुमा रहेको छ। यदि बजार घटेमा नजिकको पहिलो सपोर्ट १९१२ को विन्दुमा, दोस्रो सपोर्ट १८८८ को विन्दुमा र तेस्रो सपोर्ट १८४९ को विन्दुमा हुनेछ।