काठमाण्डौ । एनसीसी बैंकलाई प्राप्ति गरेको कुमारी बैंकले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्म १ अर्ब रुपैयाँ बढी नाफा आर्जन गर्न सफल भएको छ।
आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले १ अर्ब १ करोड रुपैयाँ बढी नाफा आर्जन गरेको हो। गत वर्ष यही अवधिसम्म बैंकले ९५ करोड १७ लाख रुपैयाँ रहेको छ।
यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २२ करोड ४४ लाख रुपैयाँ रहेको छ।
दोस्रो त्रैमाससम्म बैंकलाई १ अर्ब ५७ करोड रुपैयाँ सञ्चालन मुनाफा भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा १ अर्ब ३६ करोड रुपैयाँमा सीमित थियो।
समीक्षा अवधिसम्म बैंकले ४ अर्ब २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा बैंकको यस्तो आम्दानी २ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो। यो हिसाबले ब्याज आम्दानी ६१.६४ प्रतिशतले बढेको छ।
चुक्तापुँजी २६ अर्ब २२ करोड रुपैयाँ रहेको बैंकको रिजर्भ बढेर १२ अर्ब ५ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म रिजर्भमा ४ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म बैंकले २ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।
बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर ३.१५ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल १.०६ प्रतिशतमा सीमित रहेको थियो।
सीडी रेसियो ८९.५८ प्रतिशत रहेको बैंकको आधार दर ११.७३ प्रतिशत रहेको छ।
समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) थोरै घटेर ११.६७ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिमा ईपीएस १२.९४ रुपैयाँ रहेको थियो।
बैंकको पीई रेसियो १६.२८ गुणा, प्रतिसेयर नेटवर्थ १४७.१७ रुपैयाँ र तरलता अनुपात २०.०९ प्रतिशत रहेको छ।
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago