काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिसम्म कम्पनीले १ करोड ३० लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म भने कम्पनीले २ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिसम्म कम्पनीलाई १ करोड ३० लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले २ करोड ५५ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो।
कम्पनीले खुद ब्याज आम्दानीबापत १० करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ। यस्तो आम्दानी गत वर्ष ६ करोड ३६ लाख रुपैयाँमा सीमित थियो। ब्याज आम्दानी ६०.३४ प्रतिशतले बढेको छ।
दोस्रो त्रैमासमा कम्पनीले ४ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ४ अर्ब ५९ करोड निक्षेप संकलन गरी ३ अर्ब ७२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
समीक्षा अवधिमा कम्पनीको रिजर्भको आकार ३६.७१ प्रतिशतले बढेर ८ करोड ६८ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा ६ करोड ३५ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.९१ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल ३.६४ प्रतिशत थियो।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३.०७ रुपैयाँ ऋणात्मक रहेको छ। गत वर्ष ईपीएस ६.०४ रुपैयाँ थियो।
पीई रेसियो २२२.६९ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १०८.७८ रुपैयाँ रहेको छ।
57 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago