काठमाण्डौ । सामसङ इलेक्ट्रोनिक्सले ग्यालेक्सी नोट सेभेनको असफलताबाट अरबौं घाटा व्यहोरे पनि सेयरधनीलाई उच्च लाभांश वितरण गर्ने भएको छ । 

मिडिया रिपोर्टहरुका अनुसार सामसङले यो वर्ष सेयरधनीलाई गत सालको भन्दा उच्च लाभांश वितरण गर्न लागेको हो । 

सामसङले सेयरधनीलाई यो वर्ष गत वर्षको तुलनामा ३० प्रतिशत बढी लाभांश वितरण गर्न लागेको हो । यो वर्ष कुल ३ अर्ब ४० करोड डलर लाभांश वितरण गरिने बताइएको छ ।

यसैबीच, कम्पनीलाई नयाँ शिराबाट माथि उठाउन सामसङले कम्पनीलाई दुुई हिस्सामा विभाजन गर्ने तयारी थालेको जनाएको छ । यस्तो यसकारण गरिदैछ कि, उच्च व्यवस्थापनमा शक्ति स्थानान्तरणको क्रममा आफ्नो प्रशासन चुस्त दुरुस्त राख्न ठूलो दवाब रहेको छ । यस्तो घोषणा यस्तो बेलामा आएको छ, साउथ कोरियाको ठूलो इलेक्ट्रोनिक कम्पनीले ली जे योङलाई निकै सहज ढंगले उत्तराधिकारी बनाउने तयारी थालेको छ । 

यो कम्पनीलाई पछिल्लो समय ग्यालेक्सी नोट सेभेनको ब्याट्री पड्किएपछि र साउथ कोरियाको राजनीतिक गडबडीका कारण समेत निकै ठूलो घाटा लागिसकेको छ । कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार उसले होल्डिङ कम्पनीलाई विभाजन गर्ने सोंच बनाइरहेको छ र यसलाई प्रोडक्यूसिङ र अपरेटिङ यूनिटको रुपमा रुपान्तरण गरिनेछ । यो विकल्पको बिषयमा अध्ययन गर्न मात्रै कम्तीमा ६ महिना समय लाग्ने कम्पनीले स्पष्ट पारेको छ ।