काठमाण्डौ । ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एक मात्र शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)ले ‘इन्टरनेट अफ थिंग्स’ ल्याब स्थापना गरेको छ। 

शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरी कलेजका विद्यार्थीहरुको अनुसन्धान र विकासलाई सहज बनाउने उदेश्यको साथ नयाँ ‘इन्टरनेट अफ थिंग्स (आईओटी)’ ल्याब स्थापना गरिएको हो।

आवश्यक स्रोतसाधनहरुले पूर्ण ल्याबबाट विद्यार्थीहरुलाई छोटो अवधिका कोर्षहरुको प्रदान पनि हुनेछ। ल्याबले विद्यार्थीहरुलाई क्षेत्रीय स्तरका प्रतिस्पर्धा तथा सम्मेलनहरुमा आफ्ना खोज तथा अनुसन्धानहरु प्रस्तुत गर्न सक्ने गरि सहभागीता जनाउने मौका समेत प्रदान गर्नेछ। यसले उनीहरुलाई विश्वमा देखिएका समास्याहरुको समाधान गर्न मद्दत पुग्ने विश्वास कलेजले लिएको छ।

कार्यक्रमको औपचारिक उद्घाटन कलेजका सीईओ तथा संस्थापक राजन कँडेलले गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै कँडेलले आईओटी उदीयमान विषय भएको बताउँदै विद्यार्थीहरुलाई थप अवसर प्राप्त गर्न सहयोगी हुने विश्वास व्यक्त गरे। ‘इन्टरनेट अफ थिंग्स महत्वको हिसावले उदीयमान विषय हो। त्यसैले पाठ्यक्रमलाई सहयोग पुर्याउने यस विषयले हामी हाम्रा विद्यार्थीहरुलाई प्रतिस्पर्धात्मक रूपमा उभ्याउने र यस क्षेत्रका विद्यमान अवसर प्रदान गर्ने लक्ष्य राखेका छौँ।’

कार्यक्रममा कलेजका एसोसिएट डिन अरुण जोशीले भने, ‘यो नयाँ सुविधाले हाम्रा बीएससी (हन्स) कम्प्युटिङ र बीएससी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फोरेन्सिक्सका विद्यार्थीहरुले नयाँ र रोमाञ्चक विकासहरुमा पहुँच पुर्याउन सक्षम हुनेछन्। यसका साथै, डिजिटालाइजेसनको क्षेत्रमा यसले सम्भावित रुपमा हामीले आईओटीको अवधारणा र अनुप्रयोगहरु सिकाउने र सिक्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छौँ।’

उद्घाटन कार्यक्रममा पाँचजना विद्यार्थीहरुसँगै विषयसँग सम्बन्धित शिक्षकहरुले स्मार्ट सोलार, फेस डिटेक्शन र स्मार्ट होम अटोमेसनलगायत आईओटीसँग सम्बन्धित विभिन्न विषयमा प्रस्तुति दिएका थिए। यसका साथै आईओटीसँग सम्बन्धित पाठ्यक्रमहरु जुलाई १५ बाट आधिकारिक रुपमा सुरु हुने कलेजले जानकारी दिएको छ।