काठमाण्डौ। द ब्रिटिस कलेजको भगिनी संस्था मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुलले इड्ज प्रोगाम सुरु गरेको छ। यो कार्यक्रम छात्राहरुको सशक्तिकरणका लागि लक्षित रहेको छ। 

इड्ज (एजुकेसन एन्ड डिजिटल फर गल्स एजुकेसन) कार्यक्रम किशोरीहरुको अंग्रेजी, आइटी र सामाजिक सीपको विकास गर्नेमा लक्षित रहेको छ। 

मदरल्यान्डमा यो कार्यक्रम जुन २९ देखि सन् २०२३ को अप्रिलको अन्त्यसम्म चल्नेछ। यस कार्यक्रमका लागि २० जना किशोरीहरु छनोट गरिसकेको स्कुलले जनाएको छ। उनीहरुको समूहलाई अंग्रेजीको मूल्यांकनपछि छनोट गरिएको स्कुलले जनाएको छ। 

यो कार्यक्रमबाट उनीहरु सबैभन्दा बढी लाभान्वित हुने र सफलता हासिल गर्ने अपेक्षा लिइएको छ। 

स्कुल म्यानेजर शंकर पुडासैनीले प्रत्येक हप्ताको दुई घन्टाको सेसनलाई सम्बोधन गर्नेछन्। उनले भने, ‘हामी छात्राहरुलाई उनीहरुको अधिकार र जिम्मेवारीको पहुँचबारे जानकारी दिन चाहन्छौँ। उनीहरुको भविष्यको सम्भावनालाई सुधार गर्न समान अवसर उपलब्ध गराउन चाहन्छौँ।’

मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुल, चितवन सन् १९९७ मा स्थापना भएको हो। सन् २०२१ मा द ब्रिटिस कलेजले आफ्नो स्वामित्वमा लिएको थियो। दूरदराजमा रहेका विद्यार्थीहरुलाई अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्ने उद्देश्यले ब्रिटिस कलेजले मदरल्याण्ड स्कुल आफ्नो स्वामित्वमा लिएको थियो। सोही उदेश्यका साथ गुणस्तीय शिक्षा प्रदान गरिरहेको स्कुल प्रशासनले जनाएको छ।