काठमाण्डौ । द ब्रिटिस कलेजले आयोजना गरेको ‘द टिबिसी बास्केटबल टोर्नामेन्ट २०२३’ को उपाधि जेभियर इन्टर नेसनल कलेजले जितेको छ। २६ फ्रेबअरीबाट सुरु भएको उक्त प्रतिस्पर्धामा विभिन्न २० कलेजले सहभागिता जनाएका थिए। 

‘द टिबिसी बास्केटबल टोर्नामेन्ट २०२३’ विजेता जेभियर इन्टरनेसनल कलेजले नगद ५० हजार राशि जितेको छ। त्यस्तै उपविजेता हेराल्ड कलेजले नगद २५ हजार जितेको छ। 

त्यस्तै उक्त प्रतिस्पर्धामा सर्वाधिक स्कोररको अवार्ड हेराल्ड काठमाण्डौ कलेजका तेन्जिन शेर्पाले जिते। उत्कृष्ट प्रशिक्षकको अवार्ड जेभियर इन्टरनेसनल कलेजका निर्पेश श्रेष्ठले पाए। त्यस्तै उत्कृष्ट खेलाडीको अवार्ड जेभियर इन्टरनेसनल कलेजका खेलाडी तेन्जिन भुटियाले जिते। 

त्यस्तै उक्त टोर्नामेन्टको प्रायोजक होन्डा, हाई कल्चर्ड, नेको इन्स्यारेन्स लिमिटेड, ललितपुर हाई, बयोधा हस्पिटल प्रालि, द ग्रेट माया, लिजास क्याफे, हुप्स एन्ड मुभ्स रहेका थिए। 

त्यस्तै टाइटल प्रायोजक ग्लोबल रिच कन्स्लटेन्सी रहेको थियो।