काठमाण्डौ । ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा भर्ना हुनका लागि यही चैत १८ गतेबाट आवेदन खुला गरिने भएको छ।
विगतका वर्षहरुमा जस्तै २०२४ का लागि ब्रिटिस गोर्खा र गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिस फोर्समा नयाँ भर्ना खुला गर्न लागिएको हो। इच्छुक उम्मेदवारले अनलाइनमार्फत आउँदो वैशाख १७ गतेसम्म आवेदन दिन सक्नेछन्।
अनलाइनमार्फत आवेदन दिएकामध्ये उम्मेदवारहरुको पहिलो चरणको छनौट ब्रिटिस गोर्खा पोखरा र ब्रिटिस क्याम्प धरानमा आउँदो जेठ ८ गतेदेखि साउन १२ गतेसम्म र सुर्खेत (एडब्ल्यूसी भेरी) मा जेठ २२ गतेदेखि असार २९ गतेसम्म सञ्चालन हुनेछ।
गोर्खा भर्तीका लागि न्यूनतम एसईई वा सो सरह (कम्पार्ट पास भए पनि हुने) उत्तीर्ण भएको हुनुपर्नेछ। नयाँ एसईई ग्रेडिङ प्रणालीमा न्यूनतम ५ सी ग्रेडिङ हासिल गर्नेलाई मात्र मान्यता दिइनेछ। दुवै ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा भर्ती हुनका लागि अंग्रेजी र गणितमा सी ग्रेडिङ प्रणाली अनिवार्य हुनुपर्नेछ।
सन् २०२३ डिसेम्बर १ सम्म कम्तीमा १८ वर्ष पुगेको र बढीमा २१ वर्ष ननाघेको हुनुपर्नेछ। उचाइ कम्तीमा १५८ सेन्टिमिटर हुनुपर्नेछ।
10 hours ago
10 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago