काठमाण्डौ । ब्रिटेनका केही मन्दिरहरुमा पाँच पाउण्डको नयाँ नोट भगवानलाई चढाउन र दानपेटिकामा राख्न निषेध गरिएको छ । 

पाँच पाउण्डको नयाँ नोट बनाउँदा जनावरको बोसो प्रयोग गरिएको रहस्य बाहिरिएसँगै त्यहाँका मन्दिर व्यवस्थापन तथा पूजारीहरुले यस्तो नोटलाई मन्दिरमा चढाउन प्रतिबन्ध लगाएका हुन् ।

पाँच पाउण्ड निर्माणको रहस्य बाहिरिएसँगै विशेषगरी शाकाहारी मानिस र धार्मिक समूहमा निराशा फैलिएको थियो । 

दक्षिण इंगल्याण्डको हेर्टफोर्डशरमा अवस्थित हरे कृष्ण मन्दिर भक्ति वेदान्तका एक पूजारीले फेसबुकमा एक तस्विर राखेका छन् । त्यहाँ भनिएको छ-'हामी अब ५ पाउण्डको नयाँ नोटलाई स्वीकार गर्दैनौ, कारण यसमा जनावरको बोसो प्रयोग गरिएको छ । असुविधा लागि क्षमाप्रार्थी छौ ।'

ब्रिटेनको हिन्दूू मन्दिरहरुको संस्था नेशनल काउन्सिल अफ हिन्दूू टेम्पल्सले भनेको छ कि नयाँ नोट एक्सचेञ्जको एक सरल माध्यम हुनुको साटो पीडा र यातनाको कारण बनेको छ । सो संस्थाले अगाडि भनेको छ-'हामी ५ पाउण्डको नोटलाई छुन समेत चाहदैनौ ।' 

हिन्दूू संगठनहरुको मञ्च हिन्दूू फोरम अफ ब्रिटेनले अघिल्लो साता एक विज्ञप्ति जारी गर्दै भनेको थियो कि उसले मानिसहरुसँग जनावरको बोसो मिसिएको नोट फिर्ता गर्न मानिसहरुलाई हस्ताक्षर संकलन अभियानका लागि अनुरोध गर्नेछ । सो संगठनले नयाँ नोट मन्दिरहरुमा दान नदिन पनि अपील गरेको थियो । कतिपय हिन्दूू संगठनका अधिकारीहरुले भने सरकारी अधिकारीहरुले हिन्दूू धर्मावलम्बीहरुको जानी जानी यो तरिकाको अपमान नगरेका दाबी गर्दै यो बिषयमा सम्झाउने र नोट फिर्ताका लागि अनुरोध समेत गर्ने बताएका छन् । 

स्मरणरहोस्, यो नोट बजारबाट फिर्ता लैजानुुपर्ने माग गर्दै अहिलेसम्म १ लाख ३० हजारजनाले हस्ताक्षर गरिसकेका छन् । डेढ लाख हस्ताक्षर संकलन भएपछि यो एकमुुष्ट रुपमा बैंक अफ इंग्ल्याण्डको दिइनेछ ।