काठमाण्डौ । वरिष्ठ स्नायूरोग विशेषज्ञ डा. राजीव झा नेतृत्वको टिमले थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ।
नर्भिकमा पनि कार्यरत डा. झा नेतृत्वको टिमले आगामी शनिबार (जेठ २७ गते) बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म निःशुल्क ओपीडी(न्युरो क्याम्प) सञ्चालन गर्ने भएको हो।
नेपालीहरुमा पछिल्लो समय ब्रेन ट्युमरको समस्या बढ्दो छ। यसैलाई मध्यनजर गरी ‘वल्र्ड ट्युमर डे’को अवसर पारी डा. झाले निःशुल्क ओपीडी सेवा दिन लागेका हुन्। उनले सो क्रममा ब्रेन ट्युमरका केसहरुमा फोकस रहेर बिरामीहरुको चेकजाँच गर्ने नर्भिक इन्टरनेसनल हस्पिटलले जनाएको छ।
नर्भिक इन्टरनेसनल हस्पिटलले विगत लामो समयदेखि आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत विभिन्न रोगका विशेषज्ञहरुको सहभागितामा निःशुल्क ओपीडी सञ्चालन गर्दै आइरहेको छ। यो क्रममा सर्वसाधारणको सहभागितासमेत उल्लेख्य हुने गरेको छ।
21 minutes ago
44 minutes ago
42 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago