काठमाण्डौ । सेयर लगानीकर्ता संघले ब्रोकर कमिसन यथाशीघ्र घटाउन नेपाल धितोपत्र बोर्डलाई आग्रह गरेको छ ।
सेयर लगानीकर्ता संघले आज एक विज्ञप्ति जारी गर्दै हिजो नेप्सेमा ऐतिहासिक रेकर्ड कायम गरेको उपलक्ष्यमा स्वागत गर्दै नेपाल धितोपत्र बोर्डलाई तत्काल ब्रोकर कमिसन घटाउन आग्रह गरेको हो ।
हाल बजारको विकास तथा विस्तारका लागि सम्बन्धित सबै सरोकारवालाको भूमिका सराहनीय रहेको उल्लेख गर्दै संघले लगानीकर्ताहरूको लगानी लागत कम गर्ने कडीको रूपमा पहिचान गरिएको र ५८ बुँदामा समेत समेटिएको बुँदा मध्ये ब्रोकर कमिशन ०.२५ प्रतिशत कायम गर्न सेबोन अध्यक्ष ढुंगानाबाट आयोग गठन भई सो आयोगले प्रतिवेदन समेत तयार गरिसक्दा समेत यथाशक्य कमिसन घटाउन नसकिएको उल्लेख छ ।
नेपालको सेयर बजार ४ वर्षको वियरिस ट्रेण्डबाट भर्खर बुलिस ट्रेण्डमा जान सुरूवात गरेकोले पूँजिबजारको विकासमा नियामक निकायले चालेका सकारात्मक कदमहरू, नट्स(पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली)को सफल कार्यान्वयन, शेयरकर्जाको ब्याजदरमा कमी ,देशको शोधानान्तर बचतमा बढोत्तरी, विप्रेषण प्रवाहमा वृद्धि, अधिकांश बैंक तथा वित्तीय संस्थाको सन्तोषजनक त्रैमासिक वित्तिय विवरण, कोभिडको नकारात्मक प्रभाव कम हुनुको साथै खोपको सफल परीक्षण र नयाँ अर्थमन्त्री पूँजीबजारमैत्री हुने विश्वास जस्ता सकारात्मक मनोवैज्ञानिक कारणहरूले बजार अझै माथि जाने आधारहरू प्रशस्त र स्पष्ट रूपमा देखिएको सेयर लगानीकर्ता संघको ठम्याइँ छ ।
यसैबीच सेयर लगानीकर्ता संघले लगानीकर्ताहरूले आफूले लगानी गर्ने कम्पनीहरुका विगतको इतिहास, संचालकहरूको सामाजिक हैसियत, कम्पनीद्वारा वितरित लाभांश इतिहास र भविष्यमा पाउने प्रतिफल जस्ता आधारभूत कुराहरूको गहन अध्ययन र विश्लेषण गर्न सुझाएको छ ।
सूचीकृत कम्पनीका सेयरमा लगानी विज्ञको सल्लाहबिना कसैको लहलहैमा लागेर बिना अध्ययन गर्दा आफ्नो मिहिनेत र पसिनाको कमाईमा नोक्सानी पनि हुनसक्नेतर्फ सवेदनशील बन्न पनि संघले आग्रह गरेको छ ।
11 minutes ago
34 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago