काठमाण्डौ । भक्तपुर र हेटौँडामा पनि हैजाका बिरामी भेटिएका छन्।

भक्तपुरको चाँगुनारायण नगरपालिकाको दुवाकोट र हेटौँडा उपमहानगरपालिकामा हैजाका बिरामी भेटिएका छन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार दुवाकोटका बिरामीको टेकुमा र हेटौँडाको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ । 

योसँगै हालसम्म २१ जनामा हैजाको संक्रमित पुष्टि भइसकेको महाशाखाले जनाएको छ। 

यसअघि काठमाण्डौ विभिन्न स्थानमा हैजाका बिरामी भेटिएका थिए। 

महाशाखाले गर्मी तथा बर्खायाममा झाडापखाला, हैजाजस्ता रोगहरु फैलिने हुनाले उमालेको पानी पिउन र सावधानी अपनाउन आग्रह गरेको छ।