काठमाण्डौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) हिजो मंसिर २० गते आईपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएको हो।
सेबोनले अनुमति दिएमा यो कम्पनीले १०० अंकित दरमा १६ रुपैयाँ प्रिमियर रकम थप गरी १४ लाख ३० हजार १६२ कित्ता आईपीओ जारी गर्नेछ। जसअनुसार यो कम्पनीको आईपीओ किन्न प्रतिकित्रा ११६ रुपैयाँ तिर्नुपर्नेछ।
कम्पनीले स्थानीय र सर्वसाधारणका लागि आईपीओ बिक्रीमा ल्याउनेछ। आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।
7 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago