काठमाण्डौ । एनआईबिएल म्युचुअल फन्ड र मेगा म्युचुअल फन्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको भदौ महिनाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक भएको छ।
कोष प्रवर्द्धक नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटल रहेका एनआईबिएल समृद्धि फन्ड २, प्रगति फन्ड र मेगा म्युचुअल फन्ड–१को भदौ महिनाको वित्तीय विवरण सार्वजनिक भएको हो।
भदौमा समृद्धि फन्ड २ को प्रतिइकाइ खुद मूल्य (न्याभ) घटेर ९.०१ रुपैयाँमा झरेको छ। साउनमा न्याभ ९.१३ रुपैयाँ रहेको थियो।
भदौसम्म यो फन्डको सूचीकृत सेयरमा लगानी घटेर ७० करोड ४ लाख रुपैयाँमा सीमित बनेको छ। साउनसम्म सूचीकृत सेयरमा ७१ करोड १२ लाख रुपैयाँ लगानी थियो।
यसैगरी भदौसम्म ऋणपत्र तथा बन्डमा १२ करोड ७८ लाख रुपैयाँ र सार्वजनिक निष्कासन, हकप्रद, बोनस र अन्य सूचीकृत नभएका सेयरमा यो योजनाले १६ करोड ७७ लाख रुपैयाँ लगानी गरेको छ।
यो योजना कुल लगानी भदौसम्म १ अर्ब २२ करोड रुपैयाँ बढी रहेको छ। साउनसम्म कुल लगानी १ अर्ब २३ करोड रुपैयाँ रहेको थियो।
भदौमा यस योजनाको कुल व्यय ३ करोड ९७ लाख रुपैयाँ रहेको छ। साउनमा कुल व्यय २ करोड १७ लाख रुपैयाँ रहेको थियो।
भदौमा प्रगति फन्डको न्याभ पनि घटेर १०.३२ रुपैयाँमा झरेको छ। साउनमा न्याभ १०.४८ रुपैयाँ रहेको थियो।
भदौसम्म यो फन्डको सूचीकृत सेयरमा लगानी घटेर ४२ करोड ६८ लाख रुपैयाँमा सीमित बनेको छ। साउनसम्म सूचीकृत सेयरमा ४३ करोड ७६ लाख रुपैयाँ लगानी थियो।
यसैगरी भदौसम्म सार्वजनिक निष्कासन, हकप्रद, बोनस र अन्य सूचीकृत नभएका सेयरमा यो योजनाले १४ करोड ३३ लाख रुपैयाँ लगानी गरेको छ। साउन यस्तो लगानी १४ करोड ६८ लाख रुपैयाँ रहेको थियो।
यो योजनाको कुल लगानी भदौसम्म ७२ करोड २ लाख रुपैयाँ बढी रहेको छ। साउनसम्म कुल लगानी ५८ करोड ४४ लाख रुपैयाँ रहेको थियो।
भदौमा यस योजनाको कुल व्यय २ करोड ६६ लाख रुपैयाँ रहेको छ। साउनमा कुल व्यय १ करोड ४४ लाख रुपैयाँ रहेको थियो।
यस्तै भदौमा मेगा म्युचुअल फन्ड–१को न्याभ पनि घटेर ८.६३ रुपैयाँमा झरेको छ। साउनमा न्याभ ८.८३ रुपैयाँ रहेको थियो।
भदौसम्म यो फन्डको सूचीकृत सेयरमा लगानी घटेर ७८ करोड ८३ लाख रुपैयाँमा सीमित बनेको छ। साउनसम्म सूचीकृत सेयरमा ८१ करोड ३९ लाख रुपैयाँ लगानी थियो।
यसैगरी भदौसम्म सार्वजनिक निष्कासन, हकप्रद, बोनस र अन्य सूचीकृत नभएका सेयरमा यो योजनाले १ करोड ५ लाख रुपैयाँ लगानी गरेको छ। साउन यस्तो लगानी १ करोड ४७ लाख रुपैयाँ रहेको थियो।
यो योजनाको कुल लगानी भदौसम्म ९० करोड ७७ लाख रुपैयाँ बढी रहेको छ। साउनसम्म कुल लगानी ९३ करोड ७२ लाख रुपैयाँ रहेको थियो।
भदौमा यस योजनाको कुल व्यय ३ करोड ४४ लाख रुपैयाँ रहेको छ। साउनमा कुल व्यय ९७ लाख ५९ हजार रुपैयाँ रहेको थियो।
18 minutes ago
45 minutes ago
54 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago