काठमाण्डौ । भन्सार एजेन्टको स्थगित लिखित परीक्षा फागुन २८ गते हुने भएको छ। 

भन्सार विभागले गत वर्ष चैत १६ मा ६६० जना नयाँ भन्सार एजेन्टका लागि दरखास्त आह्वान गरेको थियो। तर, यही माघ २९ का लागि तय भएको लिखित परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो। 

भन्सार विभागले बुधबार सार्वजनिक सूचना जारी गरेर लिखित परीक्षाको नयाँ मिति तय गरेको हो। जसअनुसार २८ फागुन दिउँसो २ बजे लिखित परीक्षा हुनेछ। 

परीक्षा केन्द्र भने पछि प्रकाशन गरिने सूचनामा उल्लेख छ। 

भन्सार एजेन्टमा झन्डै २२ वर्षपछि नयाँ भर्ना खुलेको हो।