काठमाण्डौ । चितवनको भरतपुरको मतपरिणाम रोचक बन्दै गएको छ । 

भरतपुर महानगरपालिकाको मेयर पदकी उम्मेद्वार माओवादी  केन्द्रकी रेणु दाहाल र एमालेका विजय सुवेदीबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । 

कहिले विजय सुवेदीले दाहाललाई उछिनरहेका छन् भने कुनैबेला रेणुले सुवेदीलाई । रेणुले उछिनिरहेको बेला ४०० मत गनिसक्दा पुनः सुवेदीले अग्रता लिएका छन् । 

सुवेदीले १५० मतसहित अग्रता लिएका छन् भने दाहालले १४० मतसहित पछ्याइरहेकी छिन् । 

कांगे्रसबाट बागी उठेका उम्मेदवार जगन्नाथ पौडेलले ४५ मत ल्याएका छन्।