काठमाण्डौ । सर्वाधिक चर्चामा रहेको भरतपुर महानगरपालिकामा प्रचण्डपुत्री तथा मेयर पदका उम्मेद्वार रेणु दाहाल पछि परेकी छिन् । 

सो महानगरमा नेकपा एमालेका मेयर पदका उम्मेद्वार विजय सुवेदीले सुरुवाती अग्रता लिएका छन् । 

प्राप्त जानकारी अनुसार सुवेदीले २३ मत ल्याएका छन् भने उनलाई १९ मतसहित रेणुले पछ्याइरहेकी छिन् । 

कांग्रेसबाट बागी उम्मेद्वारी दिएका जगन्नाथ पौडेलले ७ मत मात्रै ल्याएका छन् ।