चितवन । चितवनको भरतपुरमा सत्ता गठबन्धनको तर्फबाट मेयरको उम्मेद्वार रेणु दाहालले निकटतम प्रतिद्वन्दीलाई ७० मतले पछाडि पारेकी छिन् । 

भरतपुर महानगरपालिकाको ९५० मत गन्दा प्रचण्डपुत्री समेत रहेकी दाहालले ३७४ मत पाएकी हुन् । 

यसअघि उनलाई टक्कर दिइरहेका एमालेका उम्मेद्वार विजय सुवेदीले ३०४ मत प्राप्त गरेका छन् । 

कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेद्वारी दिएका जगन्नाथ पौडेलले १२४ मत पाएका छन् ।