काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिकाको मेयर र उपमेयर पदमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका छन्।
सत्ता गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेणु दाहालले निकटतम प्रतिद्वन्द्वीसँगको मतान्तर बढाउँदै लगेकी छन्।
हालसम्म भरतपुरमा २८ हजार ६४३ मतगणना सकिएको छ। जसमा दाहालले १० हजार ४४९ मत प्राप्त गरेकी छन्। उनका निकटम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले ८ हजार ५९७ मत पाएकी छन्। सुवेदी १८५२ मतले दाहालभन्दा पछि छन्।
भरतपुरमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४ हजार ६९६ मत पाएका छन्।
भरतपुरको उपमेयरमा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १२ हजार ४९६ मत पाएका छन्। उनका निटकतम प्रतिद्वन्द्वी हिमला गुरुङले ६ हजार ९९२ मत पाएकी छन्।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago