काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार रेणु दाहालले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेकी छन्।
भरतपुरमा ३९ हजार ९६१ मत गन्दा रेणुले १५ हजार १६२ मत पाएकी छन्। उनका निकटम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीले १२ हजार १३६ मत पाएका छन्। सुवेदीलाई रेणुले ३ हजार २६ मतले पछि पारेकी छन्।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६ हजार २६८ मत पाएका छन्।
भरतपुको उपमेयर पदमा कांग्रेसका चित्रसेन अधिकारीले पनि अग्रता कायमै राखेका छन्। उनले १७ हजार ५३५ मत पाएका छन्। निकटम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरुङले ९ हजार ७३२ मत पाएकी छन्।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago