काठमाण्डौ । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनका तर्फ नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहाल फराकिलो मतान्तरले विजी भएकी छन्। 

दाहालले निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पछि पार्दै मेयरमा विजयी भएकी हुन्। 

दाहालले ५२ हजार ३० मत ल्याउँदा सुवेदीले ३९ हजार ५८१ मत पाएका छन्। स्वतन्त्र उम्मेदवार जगनाथ पौडेलले १४ हजार ७२८ मत पाएका छन्। 

दाहाल दोस्रोपटक भरतपुरको मेयरमा निर्वाचित भएकी हुन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा दाहालले भरतपुरको मेयर पदमा एमालेका देवी ज्ञवालीलाई हराएकी थिइन् । उनले ४३ हजार १२७ मत ल्याउँदा एमालेका ज्ञवालीले ४२ हजार ९२४ मत ल्याएका थिए।

भरतपुरको उपमेयर पदमा पनि गठबन्धनकै उम्मेदवार चित्रसेन अधिकारी विजयी भएका छन्। उनले ५२ हजार ८०३ मत ल्याउँदै राप्रपा उम्मेदवार हिमला गुरुङले ३० हजार ६१२ मत ल्याएकी छन्।