काठमाण्डौ । अमेरिकी डलरको विनिमय दर लगातार घट्ने क्रमले आज शनिबार पनि निरन्तरता पाएको छ।

नेपाल राष्ट्र बैंकले विदेशी मुद्राहरुका लागि शनिबार कायम गरेको विनिमय दरअनुसार डलरको भाउमा हिजोको तुलनामा आज ४७ पैसाले गिरावट आएको छ। यो गिरावटसँगै शनिबार प्रतिडलर खरिददर ११९.४८ रुपैयाँ र बिक्रीदर १२०.०८ रुपैयाँ कायम भएको छ।

हिजो शुक्रबार अमेरिकी डलरको भाउ १.१७ रुपैयाँले घट्दै प्रतिडलर ११९.९५ रुपैयाँ र बिक्रीदर १२०.५५ रुपैयाँ कायम भएको थियो। 

विनिमय दरअनुसार बिहीबारप्रतिडलर खरिददर १२१.१२ रुपैयाँ र बिक्रीदर १२१.७२ रुपैयाँ थियो। बिहीबार डलरको भाउ अघिल्लो दिनको तुलनामा ११ पैसाले घटेको थियो। 

त्यस्तै गत बुधबार पनि डलरको भाउ ५१ पैसाले घट्दै प्रतिडलर खरिददर १२१.२३ रुपैयाँ र बिक्रीदर १२१.८३ रुपैयाँ कायम भएको थियो। 

गत मंगलबार भने डलरको भाउ नेपालकै इतिहासमा हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। यो दिन प्रतिडलर खरिददर १२१.७४ रुपैयाँ र बिक्रीदर १२२.३४ रुपैयाँ पुगेको थियो। यो दिन डलरको भाउ सोमबारको तुलनामा १.७४ रुपैयाँले बढेको थियो।