काठमाण्डौ । अमेरिकी डलरको भाउ आज बुधबार घटेको छ।
नेपाल राष्ट्र बैंकले बुधबार विदेशी मुद्राहरुका लागि कायम गरेको विनिमय दरअनुसार डलरको भाउ ४४ पैसाले घटेको हो। डलरको भाउ घटेसँगै बुधबार यसको विनिमय दर प्रतिडलर खरिददर १२०.७२ रुपैयाँ र बिक्रीदर १२१.३२ पैसा कायम भएको छ।
डलरको भाउ हिजो मंगलबार प्रतिडलर खरिददर १२१.१६ रुपैयाँ र बिक्रीदर १२१.७६ रुपैयाा रहेको थियो। हिजो डलरको भाउ ५६ पैसाले बढेको थियो।
विश्वभर कोरोनाभाइरसको महामारीका कारण अर्थतन्त्र डामाडोल भइरहेकै बेला अमेरिकी डलरको भाउ भने बलियो नेपाली मुद्राको तुलनामा बलियो बन्दै गएको छ।
डलरको भाउले गत अप्रिल २२ मा नेपालकै इतिहासमा सर्वाधिक उचाइ कायम गरेको थियो। यो दिन प्रतिडलर खरिददर १२२.६४ रुपैयाँ र बिक्रीदर १२३.२४ रुपैयाँ रहेको थियो।
12 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
4 hours ago
4 hours ago
4 hours ago
15 hours ago