काठमाण्डौ । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायकमध्येको एक भायानेट कम्युनिकेसन प्रालिले आफ्ना विद्यमान अल्ट्रा–फाई लाइनका प्रोडक्टहरुमा आकर्षक परिमार्जन ल्याएको छ। 

आफ्ना ग्राहकको बढ्दो आवश्यकतालाई हेरेर उच्च गति र उच्च–गुणस्तरको इन्टरनेट सेवा प्रदान गर्ने उद्देश्यले जारी गरिएका अल्ट्रा–फाई लाइनअपहरू अब अझै आकर्षक मूल्यमा आउने भएको हो।

भायानेटका ग्राहकले अब २०० एमबीपीएस को इन्टरनेट प्याकेजको वार्षिक सदस्यता मात्र रु. ९९९ प्रतिमहिनाको मूल्यमा पाउनेछन्। १७५+ लाइभ टिभी च्यानलहरूको फाइदा लिन चाहने ग्राहकले सोही योजनाको भायाटिभी सहितको बन्डल पनि मात्र रु. ११०० प्रतिमहिनाको वार्षिक सदस्यतामा लिन सक्नेछन्। यी दुवै योजनामा मात्र रु. ५०० थपी डुअल ब्यान्ड राउटर, निःशुल्क जडान र प्रथम सेट टप बक्स प्राप्त गर्न सकिनेछ।

यो प्याकेज मार्फत भायानेटले बिनाटिभी उच्च गुणस्तरको इन्टरनेट खोज्ने र आफ्नो इन्टरनेटको साथमा अत्याधुनिक आइपिटिभी सेवा चाहने दुवै वर्गका ग्राहकको आवश्यकता पूरा गर्ने लक्ष्य राखेको छ।

त्यस्तै अझ बढी स्पिड र थप टिभी सब्स्क्रिब्सन लिन चाहने ग्राहकका लागि भने कम्पनीले दुई ओटा भायाटिभीसहित २५० एमबीपीएस र तीन वटा भायाटिभीसहित ३०० एमबीपीएस वार्षिक सदस्यता क्रमशः रु. १२५० प्रति महिना र १५०० प्रति महिनाको आकर्षक मूल्यमा पाउने ब्यवस्था गरेको छ।

कम्पनीले आफ्ना विद्यमान अल्ट्रा–फाइ ग्राहकको अल्ट्रा–फाई योजनामा पनि कम्पनीको पोलिसी अनुसार अपग्रेड गरिसकेको छ। यी परिमार्जनसँगै भायानेटले अल्ट्रा–फाईलाई बजारमा उपलब्ध सबैभन्दा आकर्षक इन्टरनेट योजनामध्ये एक बनाउने लक्ष्य राखेको छ।