काठमाण्डौ । भारतले नेपाललाई दिने अनुदान सहायतामा कटौती गरेको छ।
भारतकी वित्तमन्त्री निर्मला सीतारमणबाट आज प्रस्तुत भारतको वित्त वर्ष २०२३–२४ को युनियन बजेटमा नेपाललाई दिइने अनुदान सहायतामा कटौती गरिएको हो। युनियन बजेटमा भारतको विदेश मन्त्रालयमार्फत नेपालसहित छिमेकी मुलुकहरुलाई दिने अनुदान सहायता बजेट विनियोजन गर्ने गरिन्छ।
यो वित्त वर्ष भारतले नेपाललाई भारु ५ अर्ब ५० करोड अनुदान दिने भएको छ। जुन अघिल्लो वर्षको तुलनामा कम हो। अघिल्लो वर्ष भारतले भारु ७ अर्ब ५० करोड अनुदान दिएको थियो।
वैदेशिक अनुदानमा भारतले सबैभन्दा धेरै खर्च भुटानका लागि खर्च गर्ने भएको छ। यो वर्ष भारतले भुटानलाई भारु २४ अर्ब सहायता गर्ने भएको छ।
यसैगरी मंगोलियालाई भारु ७ करोड, माल्दिभ्स र म्यानमारलाई भारु ४–४ अर्ब, अफगानिस्तान र बंगलादेशलाई भारु २–२ अर्ब र श्रीलंकालाई भारु १ अर्ब सहायता दिने भएको छ।
भारतले अफ्रिकी मुलुकहरुलाई सहायता अनुदान दिन भारु २ अर्ब ५० अर्ब विनियोजन गरेको छ।
8 hours ago
8 hours ago
8 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago