काठमाण्डौ । इन्डियन आयल कर्पोरेसन (आईओसी) ले नेपाललाई इन्धनको नयाँ मूल्यसूची पठाएको

आईओसीले शनिबार नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको भाउ घटेको छ। 

आयल निगमका अनुसार आईओसीले पेट्रोलमा प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेलमा १६.५६ रुपैयाँ घटाएर पठाएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेपछि आइओसीले नेपालका लागि पनि मूल्य घटाएर पठाएको हो।

अन्तर्राष्ट्रिय बजारमा प्रतिब्यारेल कच्चा तेलको भाउ घटेर हाल १०१ डलरको आसपासमा छ। अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटेसँगै आईओसीले इन्धनको मूल्य घटाएर पठाएको हो।

आईओसीले मूल्य घटाएर पठाएकोले नेपाली बजारमा मूल्य समायोजनका विषयमा आयल निगममा छलफल नै नभएको स्रोत बताउँछ।