काठमाण्डौ । सरकारले भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगीव्यवसायीलाई आवेदन दिन आह्वान गरेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै भारतबाट गहुँ र चिनी आयात गर्न चाहने उद्योगीव्यवसायीलाई आवेदन दिन आह्वान गरेको हो। आवेदन यही साउन २८ गतेभित्र मन्त्रालयमा ई–मेलमार्फत पठाउन सूचनामा भनिएको छ।
भारतले हाल गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ। चीन निर्यातका लागि विशेष स्वीकृति चाहिने भारत सरकारले जनाएको छ। यही सन्दर्भमा भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगीव्यवसायीसँग सरकारले आवेदन माग गरेको हो।
आवेदन दिँदा चिनी र गहुँका लागि मन्त्रालयको वेबसाइटमा रहेको छुट्टाछुट्टै फारम भर्नुपर्नेछ। आवेदनका साथमा उद्योगव्यवसाय दर्ताको प्रमाणपत्र, करचुक्ता प्रमाणपत्र, आयात÷निर्यात इजाजतपत्र र प्रचलित कानुनबमोजिम क्वारेन्टिनलगायतका कागजपत्र इजाजतपत्र नोटरी प्रमाणित गरी पठाउनुपर्नेछ।
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago