काठमाण्डौ । भारतबाट खाना पकाउने एलपी ग्यासको ह्वात्तै बढेको आएको छ। 

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। जसमा ग्यासको मूल्य प्रतिसिलिन्डर ३३९ रुपैयाँले बढेर आएको छ भने पेट्रोल र डिजेलको भाउ सामान्य घटेर आएको छ। 

ग्यासको मूल्य बढेर आए पनि अझै प्रतिसिलिन्डर ६३५ रुपैयाँ नोक्सान रहेको निगमले जनाएको छ। ग्यासको मूल्य नबढाउने १५ दिनमा ९३ करोड रुपैयाँ ग्यासमा मात्रै नोक्सानी हुने निगमले प्रस्ट पारेको छ। 

नयाँ मूल्यसूचीअनुसार भारतबाट प्रतिलिटर पेट्रोलमा १.२१ रुपैयाँ र डिजेलमा ५.०५ रुपैयाँले घटेर आएको छ।