काठमाण्डौ । भारतमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ । राजधानी दिल्लीमा आइतबार डिजेलको मूल्य हालसम्मकै सर्वाधिक उचाईमा पुगेको छ ।

यसअघि गत मई महिनामा सर्वाधिक उचाईमा पुगेको पेट्रोलको मूल्य समेत बढेको छ । 

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको बढोत्तरी र डलरको तुलनामा भारुमा देखिएको अवमूल्यन लगायतका कारण डिजेलको मूल्य सर्वाधिक उचाईमा पुगेको हो । 

दिल्लीमा डिजेलको मूल्य प्रतिलिटर ६९.३२ भारु पुगेको छ । २९ मईमा डिजेलको मूल्य दिल्लीमा ६९.३१ भारुमा सीमित थियो । 
चेन्नईमा डिजेलको मूल्य ७३.२३ भारु, कोलकातामा ७२.१६ भारु र मुम्बई ७३.५९ भारु पुगेको छ । 

नेपालमा भारतबाटै पेट्रोलियम पदार्थ आयात हुने भएकोले भारतका विभिन्न शहरमा डिजेल पेटोलको भाउ बढ्दा त्यसको असर नेपालमा पनि पर्नेछ । 

इण्डियन आयल कर्पोरेसनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई मूल्यसूचि पठाउने गर्दछ । अब आउने नयाँ मूल्यसूचि समेत भारतमा भाउ बढिरहे बढेर आउने र नेपालमा समेत भाउ बढ्ने संभावना देखिन्छ ।