काठमाण्डौ । भारतमा पेट्रोल र डिजेलको मूल्य बढेको छ । 

पेट्रोल प्रति लिटरमा १३ पैसा र डिजेल प्रति लिटरमा १२ पैसाले महङ्गिएको हो । नयाँ मूल्यसूचि आज मध्यरातिबाट नै भारतभर लागू हुने त्यहाँका संचारमाध्यमहरुले जनाएका छन् । 

‘डिसेम्बर १ का दिन हामीलाई इण्डियन आयल कर्पोरेसनबाट आउने मूल्यसूचिले चाहि यहाँको मूल्य घटबढ हुन्छ ।’  

भाउ वृद्धि पछि नयाँ दिल्लीमा पेट्रोल ६६.०६ भारु र डिजेल ५४.८३ भारु प्रति लिटर नयाँ मूल्य कायम भएको छ । 

यसअघि गत नोभेम्बर १६ मा पेट्रोल १.४६ र डिजेल १.५३ भारु सस्तो भएको थियो । 

भारतमा पेट्रोल र डिजेलको मूल्य बढेपछि त्यसको असर नेपालमा पर्ला ? भन्ने प्रश्न हामीले नेपाल आयल निगमका प्रवक्ता भानुुभक्त खनाललाई गरेका थियौं । उनले भारतको आन्तरिक बजार मूल्य घटबढले नेपालको मूल्यसूचि नबिग्रने स्पष्ट पारे । उनका अनुसार नेपालमा आउने मूल्यसूचि अन्तर्राष्ट्रिय बजारको मूल्य सूचि अनुसार परिवर्तन हुन्छ । अहिले पनि भारतको आन्तरिक बजारको तुलनामा नेपालमा डिजेल प्रति लिटरमा २० रुपैयाँ र पेट्रोलमा १३ रुपैयाँ सस्तो रहेको खनालले बताए । ‘तर हामीले नेपाली जनतालाई सहुलियत दिन थोरै नाफा मात्र राखेका छौ ।’ खनालले भने–‘डिसेम्बर १ का दिन हामीलाई इण्डियन आयल कर्पोरेसनबाट आउने मूल्यसूचिले चाहि यहाँको मूल्य घटबढ हुन्छ ।’