काठमाण्डौ । भारतमा विश्व महामारी कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिएका डाक्टर, स्वास्थ्यकर्मी र प्रहरीसहित अन्य ‘कोरोना योद्धा’ लाई सशस्त्र सेनाले आज आइतबार थुप्रै कार्यक्रम गरी आभार प्रकट गर्दैछन्।

यसका लागि ठूलोस्तरमा तयारी गरिएको छ।  कोरोना युद्धाको सम्मान फ्लाइपास्ट, कोविड अस्पतालमा फूल वर्षा, युद्धपोतहरु प्रकाश पार्ने र सेनाको ब्यान्डद्वारा विशेष धुन बजाउने कार्यक्रम गर्ने तयारी गरिएको छ। 

१. यसरी हुनेछ कार्यक्रमको सुरुआत

कोरोना उपचारमा संलग्न डाक्टर–नर्सलगायत सबै स्वास्थ्यकर्मी, प्रहरी कर्मचारी, सरसफाइ कर्मचारी र अन्य आवश्यक सेवाका मानिसको सम्मान आइतबार दिनभर भारतीय सेनाले कार्यक्रम गर्नेछन्। कार्यक्रमको सुरुआतमा बिहान १० बजे नयाँदिल्लीस्थित पुलिस स्मारकमा पुष्पचक्र अप्रित गरिएको छ। यो प्रहरी कर्मचारीको सम्मानमा हुनेछ, जो कोरोना नियन्त्रणमा पूर्ण रुपमा खटिएका छन्। 

२. देशभर फ्लाइपास्ट

वायुसेनाको विमानले देशको हवाईसीमामा उत्तरदेखि दक्षिण र पूर्वदेखि पश्चिमसम्म बिहान १० बजेदेखि ११ बजेबीच फ्लाइपास्ट गर्दैछन्। भारतीय सेनाका अनुसार श्रीनगरबाट तिरुअनन्तपुरम र डिबुरगढदेखि कच्छसम्म फ्लाइपास्टमा सबै प्रमुख सहरहरुमाथि विमानहरु उड्नेछन्। 

३. छतबाटै हेन सकिनेछ लडाकु विमान

भारतीय वायुसेना दिल्ली र एनसीआर क्षेत्रमा आफ्ना थुप्रै विमानका साथ फ्लाईपास्ट गर्नेछन्। यो उडान गतिविमिा आईएएफको प्रशिक्षण गतिविधि समावेश गरिनेछ र यसमा यस्ता परिवहन विमान र हेलिकोप्टर सहभागी हुनेछन्, जुन कोविभ–१९ सँग सम्बन्धित आपूर्तिमा उपभोग गरिँदै आएको छ। कोरोनायुद्धका लागि यो हवाई सलामी दिल्लीको आकाशमा बिहान १० बजेदेखि १०ः३० बजेबीच गरिएको छ। लडाकु विमान राजपथ र दिल्लीमाथि उडान भर्नेछन्। जुन दिल्लीका जनता आफ्नो छतबाट हेर्न सक्नेछन्।

४. नौसेनाको यस्तो तयारी

भारतीय नौसेनाले कोरोना युद्धाको सम्मानमा पोतहरुमा प्रकाश फैलाउने छन् र अस्पतालहरुमा पुष्प वर्षा गर्नेछन्। ‘इन्डिया थ्याङ्क्स् कोविभ–१९ वारियर्स’ पहलमा सक्रिय रुपमा भाग लिँदै नौसेना अन्डमान निकोबार द्वीप समूह र लक्षदद्वीप तथा निनिकाय द्वीप समूह जस्ता सुदूर क्षेत्रसहित देशका सम्पूर्ण तटीय रेखाका साथ २५ स्थानमा रहेका पोतहरुमा प्रकाश छर्नेछन्। यसका साथै आईसीजी हेलिकोप्टरहरुबाट पाँच स्थानमा कोविभ–१९ अस्पतालहरुमा पुष्प वर्षा गरिनेछ। कुल ४६आईसीजी पोत र लभगभ १० हेलिकोप्टर यसमा प्रयोग हुने बताइएको छ। – एजेन्सी