काठमाण्डौ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले एक कार्यक्रमबीच भारतीय दूतावासलाई दुई थान सुविधा सम्पन्न एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु हस्तान्तरण गरेको छ।

राजदूतावासका अनुसार नेपाल भारतमैत्री विकास साझेदारी कार्यक्रमअन्तर्गत एम्बुलेन्स उपहारस्वरूप हस्तान्तरण गरिएको बताएको छ। दूतावासले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका नेपालका विभिन्न सरकारी तथा गैरनाफामूलक संघ–संस्थाहरुलाई एम्बुलेन्स साथै स्कुल बसहरु उपहारस्वरुप प्रदान गरेको हो। स्वास्थ्य सेवा, विशेषगरी आपतकालिन स्वास्थ्य सेवाको पहुँचलाई सहज बनाउन नेपाल सरकारको प्रयासमा भारत सरकारले निरन्तर सहयोग गर्दै आएकोमा थप एम्बुलेन्सहरु उपहारस्वरूप प्रदान गरेको हो। राजदूतावासले बताएअनुसार सो एम्बुलेन्सहरु सहिद गंगालाल हृदयरोग केन्द्र बाँसबारी र धुलिखेल अस्पताललाई पुनः दिएको बताएको छ।

आइएमई मोटर्सले एम्बुलेन्ससहित विषेश सुविधायुक्त दमकल, मोर्टर्युरी भ्यान, ट्रक टिपर, स्कुल बससहित साना तथा ठूला कमर्सियल गाडीहरु बिक्रीवितरण गर्दै आएको छ। साथै, आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ।