काठमाण्डौ । भारतीय सेयर बजारमा लगातारको बढोत्तरीमा बिहीबार ब्रेक लागेको छ। लगातार चार दिन बढेको बजारमा आज गिरावट आएको छ। 

बीएसई सेन्सेक्स र निफ्टीमा गिरावट आउँदा सबैभन्दा धेरै दिग्गज कम्पनीका सेयरधनीहरुले गुमाएका छन्। निफ्टी ५० का पाँच कम्पनी रिलायन्स इन्डस्ट्रिज, इफोसिस, एचडीएफसी बैंक, आईइसीआईसीआई बैंक र एचडीएफसीका सेयरमा झन्डै ३ प्रतिशतसम्मको गिरावट आयो। जसका कारण यी कम्पनीका सेयर लगानीकर्ताले भारु ९४ हजार करोड गुमाएका छन्। 

निफ्टीमा सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रिजको सेयरमा २ प्रतिशतको गिरावट आयो। यसमा लगानीकर्ताले भारु ३३ हजार करोड गुमाए। त्यसैले २ प्रतिशतभन्दा बढीको गिरावट आएको इन्फोसिसमा लगानीकर्ताहरुको भारु १९ हजार करोड डुब्यो। 

त्यस्तै एचडीएफसी बैंकको सेयरधनीहरुले पनि भारु १९ हजार करोडको नोक्सानी व्यहोर्नुपर्यो। 

कारोबारका क्रममा बीएसईमा लिस्टेड कम्पनीहरुको मार्केट क्याप घटेर भारु २७० लाख करोडमा सीमित बनेको छ। – एजेन्सी