काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आइपुगेका छन्। उनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वागत गरेका छन्।
मोदी र देउवाले लुम्बिनीमा पूजा गर्नेछन्। त्यस्तै हेरिटेज सेन्टरको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ। दुवै समकक्षीबीच आज द्विपक्षीय वार्ता पनि हुनेछ।
भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री नारायण खड्काले शिष्टाचार भेटघाट गर्नेछन्। मोदी आजै फर्किनेछन्।
मोदीले नेपाल आइपुगेपछि ट्विट गर्दै लेखेका छन्, ‘नेपाल आइपुगेको छु। बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालका अद्भुत जनतामाझ हुन पाउँदा खुसी लागेको छ। लुम्बिनीमा हुने कार्यक्रममा सहभागी हुने अपेक्षामा छु।’
यस्तो छ मोदी भ्रमण तालिका
मोदीले ११ बजे मायादेवी मन्दिरको दर्शन गर्ने, ११ः३० बजे भूमि पूजामा सहभागी हुने, १२ स् २० परराष्ट्रमन्त्री डा।नारायण खड्कासँग भेट गर्ने, १२ः ३० मा प्रधानमन्त्री देउवासँग भेट्ने, १२ः४५ मा नेपालको प्रतिनिधिमण्डलसँग भेटघाट गर्ने, १ः ३० मा प्रधानमन्त्री देउवाद्वारा आयोजित लञ्चमा सहभागी हुने, २ बजे विशेष व्यक्तित्वहरुसँग भेटघाट गर्ने, ३ः ३० बजे बुद्ध जयन्ती सेलिब्रेशनमा सहभागी बन्ने र साँझ ५ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ।
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago