काठमाण्डौ । भारतको सरकारी कम्पनीले नेपालको रु. १ हजार दरका नोट छाप्ने ठक्का पाएको छ।

नेपाल राष्ट्र बैंकले रु. १ हजार दरका नयाँ नोट छाप्न भारतको सरकारी कम्पनी ‘सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड’ ठेक्का प्रदान गरेको हो। यो कम्पनीले ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा पाएको छ।

राष्ट्र बैंकले उक्त कम्पनीसँग ठेक्का सम्झौता गर्ने गरी बुधबार आशयपत्र जारी गरेको छ। जसअनुसार उक्त कम्पनीले नयाँ नोटको डिजाइन, छपाइ र ढुवानीको काम गर्नेछ। 

राष्ट्र बैंकका अनुसार उक्त कम्पनीले १ करोड ११ लाख ३४ हजार ३०६ अमेरिकी डलरमा नयाँ नोट छाप्ने कबोल गरेको छ। बढी रकम कबोल गर्ने चीन, फ्रान्स र ब्राजिलका कम्पनी भने छनोट हुन नसकेको राष्ट्र बैंकले जनाएको छ।