काठमाण्डौ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले कारोबार समयमा ठूलो परिवर्तन गरेको छ।
कारोबार समयलाई परिवर्तन गरेर आरबीआईले कोरोना महामारीअधिको अवस्थामा फर्काउने निर्णय गरेको छ। भारतको केन्द्रीय बैंकको यो निर्णयपछि अब सेयर बजारमा बार समय बढेको छ।
नयाँ परिवर्तित समय आउँदो डिसेम्बर १२ देखि लागू हुनेछ। आरबीआईले डिसेम्बर १२ देखि कोरोनाअघिको अवस्थाबाट अर्थात् बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कारोबार गर्ने निर्णय गरेको छ। यसअघि दिउँसो ३ः३० बजेसम्म सेयर बजार खुल्ने गरेको थियो। यसको मतलब लगानीकर्ताले कारोबारका लागि डेढ घन्टा अतिरिक्त समय पाउनेछन्।
यो निर्णयसँगै कल, नोटिस, टर्म मनी, कमर्सियल पेपर र डिपोजिटको प्रमाणपत्र, कर्पोरेट बन्डको कारोबार गर्न डेढ घन्टाको अतिरिक्त समय उपलब्ध हुनेछ। यसअघि कोरोना महामारीका बेला ७ अप्रिल २०२० मा सेयर बजारमा कारोबार हुने समय घटाइएको थियो।
डिसेम्बर १२ देखि कारोबार समय यस्तो हुनेछ
6 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago