काठमाण्डौ । भारतका चर्चित अभिनेता विवेक ओबेरोयले आज चन्द्रागिरी हिल्सको भ्रमण गरेका छन्। 

पारिवारिक भ्रमणमा नेपाल आएका विवेक ओबेरोयले भ्रमणका क्रममा भालेश्वर महादेवको दर्शन गर्नुका साथै चन्द्रागिरी हिल्स रिसोर्टमा लन्च गर्दै मनोरम दृश्यहरुको पनि अवलोकन गरेका छन्। अभिनेता ओबेरोयलाई चन्द्रागिरीमा चन्द्रागिरी हिल्सका महाप्रबन्धक सञ्जीव थापाले स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराएका थिए। 

ओबेरोयले चन्द्रागिरी भ्रमणबारे प्रतिक्रिया दिँदै काठमाण्डौको उच्च स्थानमा अत्यन्तै सुन्दर पर्यटकीय गन्तव्यका रुपमा चन्द्रागिरी रहेको बताए। यसका साथै चन्द्रागिरी हिल्सका सम्पूर्ण परिवारलाई समेत धन्यवाद दिए। 

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरी डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यु टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँचतारे लक्सरी रिसोर्टलगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरी डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यका रुपमा विकास गरिरहेको छ।