काठमाण्डौ । भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओमा आवेदन दिएकामध्ये २ लाख ७ हजार ५ सय २३ जनाले १० कित्ताको दरले सेयर पाएका छन् ।
बाँकी ५ जनाले भने ११ कित्ताको दरले सेयर पाएका छन् ।
यो कम्पनीको सेयर मंगलबार बिहान बाँडफाँड भएको हो ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आईपीओ खरीदका लागि आवेदन दिएका ११ लाख ६१ हजार ५२९ जनामध्ये ४ हजार ६०२ वटा आवेदन रद्द भई ११ लाख ५६ हजार ९२७ सदर आवेदकमध्ये २ लाख ७ हजार ५२८ जनाले सेयर पाएका हुन् ।
यसरी सदर आवेदकमध्ये बाँकी ९ लाख ४९ हजार ३९८ जनाको हात भने खालि भएको छ ।
कम्पनीले गत कात्तिक १६ देखि कात्तिक२० गतेसम्म सर्वसाधारणलाई २० लाख ७५ हजार २८५ कित्ता सेयर निष्कासन गरेको थियो।
स्थानीयलाई सेयर निष्कासन गर्दा बिक्री नभएको ४ लाख ८७ हजार ९१० कित्ता समेत थपेर सर्वसाधारणलाई २० लाख ७५ हजार २८५ कित्ता सेयर निष्कासन भएको थियो।
कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले २०८० मङ्सिरबाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।
16 minutes ago
51 minutes ago
57 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago