काठमाण्डौ । भिजन सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नं. ३४) को आयोजनामा शनिबारका कावासोतीको नवलपुरमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भिजनले उक्त कार्यक्रमको आयोजना गरेको थियो। नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एन्ड क्लियरिङ (सीडीएससी) तथा अन्य स्थानीय संघसंस्थाका प्रतिनिधिहरुसमेतको उपस्थितिमा कावासोती नगर प्रमुख विष्णुप्रसाद भुसालको प्रमुख आतिथ्यता कार्यक्रम सञ्चालन गरिएको भिजनले जनाएको छ।
धितोपत्र बजार तथा सोको कारोबार सम्बन्धमा लगानीकर्तालाई थप जानकारी तथा सचेतना अभिवृद्धि गराउने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा धितोपत्र बजारसम्बन्धी भइगरेका नीति, नियम तथा प्रावधानहरुको विषयमा सेवोनका प्रतिनिधि कामु निर्देशक तोलाकान्त न्यौपानेले प्रशिक्षण दिएका थिए भने ट्रेड म्यानेजम्यान्ट सिस्टम (टीएमए)बाट दोस्रो बजारमा कारोबार कसरी गर्ने भन्ने विषयमा नेप्सेका आईटी अफिसर सन्तोष थापाले प्रशिक्षण दिएका थिए।
यसैगरी निक्षेप सदस्य सेवा तथा कारोबार राफसाफ प्रक्रियाका बारेमा सीडीएससीका आईटी अफिसर बालशंकर थापाले प्रशिक्षण दिएका थिए। दोस्रो बजारमा कारोबार गर्न लगानीकर्ताले ध्यान दिनुपर्ने विषयमा भिजन सेक्युरिटिजका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाले प्रशिक्षित दिएका थिए।
भिजन सेक्युरिटिजले हाल उपत्यकाबाहिर चारदोबाटो–वनेपा, नारायणपथ–भैरहवा, सभापतिचोक–कावासोती, सफासडक–दमौली, गणेशटोल–बेनी, कास्की–बिरौटा, इलाम–इलाम बजार, कैलाली–टीकापुर र कपिलवस्तुको चन्द्रौटामा गरी ९ वटा शाखाबाट सेयर कारोबारसम्बन्धी सेवा प्रवाह गर्दै आएको छ।
आउँदो चैत ११ गते कपिलवस्तु जिल्लाको चन्द्रौटामा यस्तै कार्यक्रम आयोजना गरिने भिजन सेक्युरिटिजले जनाएको छ।
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
8 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago