काठमाण्डौ । आज डिजिटल भुक्तानीमा विश्वव्यापी अग्रीणि संस्था भिजाले भारतमा स्वास्थ्य सेवा खोज्ने दक्षिण एसियाली देशहरुका चिकित्सायात्रीहरुलाई भुक्तानी गर्न सजिलो बनाउन अस्पताल सेवा खोज्ने प्लेटफर्म वैदमसँग साझेदारी गरेको घोषणा गरेको छ। 

भिजाका बंगलादेश, नेपाल र भुटानका कन्ट्री म्यानेजर सौम्या बसुले भने, ‘विदेशमा चिकित्सा सुविधा खोज्नु र प्रक्रिया छनौट गर्नु प्रायः जटिल र चुनौतीपूर्ण हुन सक्छ। नेपाली नागरिकलाई भारतमा थप आरामदायी र अस्पतालहरुमा व्यापक पहुँचका साथ चिकित्सा उपचार खोज्न सजिलो बनाउन वैदमसँग साझेदारी गर्न पाउँदा हामीलाई खुसी लागेको छ।’

‘हामी यी हेरचाह खोज्नेहरुलाई उनीहरूको चिकित्सा उपचारमा छुट प्रदान गर्न र भारतका केही उत्कृष्ट अस्पतालहरुमा भुक्तान गर्न उनीहरुको भिजा कार्डहरु प्रयोग गर्दा फाइदा र सुविधा प्रदान गर्न सक्षम भएकोमा कृतज्ञ छौँ’, बसुले भने। 

वैदम प्लेटफर्मले नेपाल र बंगलादेशलगायत धेरै देशबाट स्वास्थ्य सेवा खोज्ने बिरामीलाई भारतभरका १०० अटासम्म अस्पतालमा विभिन्न प्रकारका उपचार र प्रक्रियाका लागि गम्भीर रोग र चिकित्सा हेरचाहका लागि विशेषज्ञ सेवाहरु खोज्न सजिलो बनाउँछ। वैदमले बिरामीलाई आवश्यक कागजपत्र मिलाउन र उनीहरू भारत पुगेपछि आवश्यक  व्यवस्था उपलब्ध गराउन मद्दत गर्छन्।  

यो साझेदारीले भिसा कार्डधारकलाई भारतमा वैदम प्लेटफर्म प्रयोग गरी स्वास्थ्य सेवाहरु बुक गर्दा प्रक्रिया र शल्यक्रिया सहित विभिन्न बिरामी उपचार सेवाहरुमा वैदमले १०% सम्म छुट प्रदान गर्दछ।

वैदम हेल्थका सहसंस्थापक पंकज चन्द्रले भने, ‘भारतीय डाक्टर र अस्पतालहरुले प्रदान गर्ने व्यावसायिकता र गुणस्तरीय चिकित्सा सेवामा अथाह विश्वास राखेर स्वास्थ्य सेवा खोज्ने बिरामीहरु वर्षौंदेखि नेपालबाट भारत यात्रा गर्दै आएका छन्। वैदमले झन्डै ६ वर्षमा नेपालबाट धेरै बिरामीको सेवा गरिसकेका छन्, अब विश्वभरको सबैभन्दा विश्वसनीय ब्रान्डहरुमध्ये एक भिजासँग साझेदारी गर्न पाउँदा गर्व लागेको छ र सबै भिसा कार्डधारकहरुलाई वैदम अस्पताल नेटवर्कमा सेवा गर्न र तिनीहरूलाई छिटो स्वस्थ जीवनको लागि योगदान गर्न पाउँदा गर्व लागेको छ।’ 

एक बिरामी वा हेरचाहकर्ताले वैदम वेबसाइटमा गई आवश्यक अस्पताल, डाक्टर र उपचार खोज्न र आफ्नो भिसा कार्डमार्फत भुक्तानी गर्न रोज्न सक्नेछन्। भारतको अस्पतालमा बिरामी आएपछि र उपचारको सुविधा पाएपछि नेपालमा जारी गरिएको भिसा कार्डबाट बिलहरू भुक्तानी गर्न सकिन्छ। 

अर्को देशमा चिकित्सा सेवाहरु प्राप्त गर्ने जटिलतालाई कम गर्न, बिरामी वा हेरचाहकताहरुलाई  बुकिङ र उपचार प्रक्रियामा सहयोग गर्न एक केस अफिसर पनि नियुक्त गरिनेछ। भिजा र वैदमबीचको यो साझेदारीले भारतमा यात्रा गर्ने र चिकित्सा सुविधा खोज्ने हजारौँ बिरामीको भुक्तानी प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको छ। यो अफर १९ डिसेम्बर २०२२ सम्म मान्य हुने जनाइएको छ।