काठमाण्डौ । भिभोले आज लोकप्रिय वाई सिरिजअन्तर्गत दुई नयाँ मोडलहरु वाई२२एस र वाई१६ नेपालमा सार्वजनिक गरेको छ। 

भिभो वाई सिरिज नेपालमा बजेटमैत्री र युवा उन्मुखी स्मार्टफोनहरु भनेर परिचित छन्। भिभाले वाई सिरिजमा ठूलो सफलता हासिल गरेको छ र यसलाई कायम राख्न आफ्नो प्रयोगकर्ताहरुका लागि नयाँ–नयाँ स्मार्टफोनहरु विकास गर्दै आइरहेको छ। पर्याप्त स्टोरेज, सहज कार्यसम्पादन र उत्कृष्ट लुकका साथ आज सार्वजनिक भएका वाई२२एस र वाई१६ प्रविधि, नवीनता र डिजाइनमा केन्द्रित ग्राहकहरुका लागि उपयुक्त स्मार्टफोन हुन्।

भिभो नेपालका सीईओ माइकलले भने, ‘नेपालमा वाई सिरिजले धेरै माया पाएको छ र युवा ग्राहकको हृदयमा एक विशेष स्थान बनाउँन सफल भएको छ। प्रयोगकर्ताहरुले दिनुभएको मायालाई कायमै राख्न हामीले डिजाइन, कार्यसम्पादन र दक्षता अभिवृद्धि गर्ने मूल विचारका साथ बजारमा वाई२२एस र वाई१६ सार्वजनिक गरेका छौँ। स्टाइलिश डिजाइन, विशाल ब्याट्री, व्यापक स्टोरेज र शक्तिशाली प्रदर्शनका साथ, वाई१६ र वाई२२एस ग्राहकहरुको व्यस्त समयतालिकालाई व्यवस्थापन गर्नका लागि उपयुक्त साथी हुनेछ। हरेक पक्षमा उत्कृष्ट स्मार्टफोन खोज्न ग्राहकहरुका लागि हामीले वाई सिरिज एक गो–टु शोलुसनको रुपमा विकास गरेका छौँ।’ 

वाई२२एस मा स्न्यापड्रेगन ६८० प्रोसेसर, ६जीबी र्याम र १२८ जीबी रोम रहेको छ। जसले प्रयोगकर्ताहरुलाई बिना कुनै ढिलाइ एकै साथ धेरै एपहरु चलाउन अनुमति दिन्छ। विस्तारित र्याम सुविधाले निष्क्रिय रोमको स्पेस प्रयोग गर्छ र रोमलाई पनि १ टेराबाईट सम्म मेमोरी कार्डको साहेताले एक्सटेन्ड गर्न मिल्छ। वाई२२एस एआई पावर–सेभिङ टेक्नोलोजीको साथ आउँछ र यसमा ५०००एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज रहेको छ जसले दिनभर टिक्ने चार्ज प्रदान गर्दछ। यो ५०एमपी रियर क्यामेरामा ठूलो सेन्सरको साथ आउँछ र ८एमपी एचडी फ्रन्ट क्यामेरामा भिडियो फेस ब्युटी छ जसले प्रयोगकर्ताहरुलाई सिनेमेटिक तस्बिरहरु लगातार क्लिक गर्न मद्दत गर्दछ। पछाडि र अगाडिका क्यामेराहरुलाई क्रमशः सुपर नाइट मोड र सुपर नाइट सेल्फी मोडसँग अप्टिमाइज गरिएको छ, जसले प्रयोगकर्तालाई कम उज्यालोमा पनि उत्कृष्ट तस्बिरहरु लिन अनुमति दिन्छ। यसबाहेक, मल्टी–स्टाइल पोट्र्रेटमा फेस ब्यूटी, बोकेह, र अन्य शैलीहरु वाई२२एस मा समावेश छन् जसमार्फत प्रयोगकर्ताहरुले व्यक्तिगत पोट्र्रेट बनाउन सक्छन्। रातको समयमा पनि विस्तृत र जीवन्त तस्बिरहरु खिच्दै वाई२२एस ले स्मार्टफोन फोटोग्राफीलाई अझ स्मार्ट बनाएको छ।

अर्कोतर्फ वाई१६ले केही प्रभावशाली स्पेसिफिकेसनहरु, २.५डी कर्भेचर र फ्ल्याट फ्रेम ट्रेंडी डिजाइन प्रदान गर्दछ। वाई१६ को एपिअरेन्स आकर्षक रहेको छ। यो स्मार्टफोन ४जीबी र्याम र ६४जीबी रोम भेरियन्टमा आउँछ। यसमा भएको मिडियाटेक हेलियो पी३५ अक्टा–कोर प्रोसेसरले सहज मल्टी–टास्किङ र अधिकतम कार्यक्षमता प्रदान गर्दछ। वाई१६ मा क्यामेरा सेटअपले अझ बढी आकर्षण थपेको छ र प्रयोगकर्ताहरुलाई १३एमपी एआई डुअल क्यामेराका साथ आकर्षक शटहरु क्लिक गर्न सक्षम बनाउँछ।

वाई२२एस स्टारलिट ब्लु र समर सायन कलरमा रु. २७ हजार ९९९ मूल्यमा मिनिमालिस्टिक आउटलुकका साथ उपलब्ध छ। त्यस्तै वाई१६ प्राकृतिक लुक– स्टेलर ब्ल्याक र ड्रिजलिङ गोल्ड कलर भेरियन्टमा रु. १९ हजार ९९९ मा उपलब्ध छ।