काठमाण्डौ । एक अग्रणी विश्वव्यापी टेक्नोलोजी ब्रान्ड भिभोले वाई सिरिजमा नयाँ मोडल वाई०२ सार्वजनिक गरेको छ। 

यो नयाँ स्मार्टफोनले युवा ग्राहकहरुलाई सुलभ मूल्य दायरामा नवीन तथा सुविधायुक्त विशेषताहरु प्रदान गर्दछ। वाई०२ मा दिनभरिका कामहरु सहजै पूरा गर्न लामो समयसम्म चल्ने ५००० एमएएच विशाल ब्याट्री, पर्याप्त स्टोरेजका लागि २ जीबी र्याम +३२ जीबी रोम तथा सुन्दर तथा आकर्षक डिजाइन रहेको छ। यो स्मार्टफोन रु. १२ हजार ४९९ मूल्यमा देशभरका सबै रिटेल स्टोरहरुमा उपलब्ध छ। 

वाई०२ मा ६.५१ इन्चको एजडी+ डिस्प्ले रहेको छ र इमर्सिभ तथा रमाइलो दृश्यको सहज अनुभवका लागि आई प्रोटेक्सन मोड पनि रहेको छ। यसको २.५डी स्लिम बडी डिजाइनले यसलाई आकर्षक बनाउँनका साथै हातमा बोक्दा पनि आरामदायी बनाउँछ। यो स्मार्टफोन दुई सुन्दर रंगहरु – कस्मिक ग्रे र अर्किड ब्लूमा उपलब्ध छ। वाई०२ स्मार्टफोन युवा उपभोक्ताहरुको व्यस्त जीवनलाई ध्यानमा राखेर डिजाइन गरिएको हो जसले उनीहरुको दैनिकीलाई सहज बनाउँछ।

वाई०२ सार्वजनिक गरेको अवसरमा भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, ‘युवा उपभोक्ताहरुलाई लक्षित गरी वाई सिरिजले बजारमा आफूलाई सबैभन्दा लोकप्रिय स्मार्टफोन सिरिजहरु मध्ये एकका रुपमा स्थापित गरेको छ। वाई सिरिज युवा ग्राहकहरुका लागि लक्षित गरिएको छ जो आफ्नो व्यस्त जीवनशैलीलाई निरन्तरता दिन स्मार्टफोनहरुमा निर्भर पर्छन्। यसको विशाल ५०००एमएएच ब्याट्री, २जीबी +३२जीबी स्टोरेज लगायतका अद्वितीय क्षमताले वाई०२लाई ग्राहकहरुको आदर्श साथी बनाउँछ भन्ने हाम्रो विश्वास रहेको छ।’ 

शक्तिशाली प्रदर्शन र लामो समयसम्म चल्ने ब्याट्री

भिभो वाई०२ मिडियाटेक पी२२ द्वारा सञ्चालित छ। जसले उच्च प्रदर्शन र विश्वसनीयता प्रदान गर्दछ। यसमा २जीबी र्याम +३२जीबी स्टोरेजका साथै १टिवी सम्म विस्तार गर्न सक्ने क्षमता रहेको छ। यसको ५०००एमएएच ब्याट्रीले दिनभरका सम्पूर्ण कामका लागि पर्याप्त शक्ति प्रदान गर्दछ। जहाँ प्रयोगकर्ताहरुले आफूलाई मनपर्ने गीत तथा गेमको आनन्द लिन सक्छन्। 

उच्च गुणस्तरका तस्बिरहरुका लागि सुपिरियर क्यामेरा

वाई०२ मा ८एमपी रियर क्यामेरा तथा ५एमपी फ्रन्ट क्यामेरा रहेको छ। जसले प्रयोगकर्ताहरुको  क्यामेरा अनुभवलाई सुधार गर्दछ। यसमा फेस ब्युटी र टाइम–ल्याप्सजस्ता सुविधाहरु छन्। जसले दिन–प्रतिदिन प्रयोगकर्ताहरुको सुटिङ अनुभवलाई वृृद्धि गर्दछ र परिणामस्वरुप समग्र फोटोग्राफी अनुभवलाई बढाउँदै उनीहरुले आकर्षक तथा उच्च गुणस्तरको फोटोहरु खिच्न सक्छन्।

निर्विघ्न अनुभव

नवीनता र गुणस्तरका लागि चिनिने भिभोले प्रयोगकर्ता अनुभवलाई सुधार गर्न वाई०२ मा धेरै नयाँ विशेषताहरु थपेको छ।

  • फेस वेकः भिभोको फेस वेक सुविधाले दु्रत गतिमा फोन अनलक गर्छ
  • मल्टी टर्बो ५.५ः भिभोको एक्सक्लुसिभ मल्टी टर्बो ५.५ खेलहरुमा ल्याग कम गर्न कोर दृश्यहरुलाई अप्टिमाइज गर्नमा केन्द्रित छ।

यो उपकरण मेमोरी र सिपियूलाई प्राथमिकता दिन (विशेष गरी जब पृष्ठभूमिमा धेरै एपहरु एकैसाथ चलिरहेको बेला) इन्जिनियर गरिएको छ।