काठमाण्डौ । भिभो ग्लोबल स्मार्टफोन ब्रान्डले सबैभन्दा प्रख्यात अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप कतार २०२२ सँग आधिकारिक प्रायोजकको रूपमा आफ्नो साझेदारी घोषणा गरेको छ।
सन् २०१७ देखि भिभो फिफा विश्वकपको दुई संस्करणमा आधिकारिक स्मार्टफोन भइसकेको छ। यस वर्ष विश्वभरका फुटबल फ्यानहरुसँग अविस्मरणीय अनुभव सिर्जना गर्न उक्त प्रतियोगिता यहीँ २१ नोभेम्बर, २०२२ देखि कतारमा आयोजना हुनेछ।
यस साझेदारीसँगै भिभोले फिफा विश्वकपमा आधिकारिक प्रतीक र आधिकारिक ब्रान्ड पहिचान प्रयोग गरेर विश्वभरका फुटबल फ्यानहरुसँग जोडिन अद्वितीय प्रवर्धनहरु संचालन गर्नेछ। यसका साथ, भिभोले इमर्सिभ ग्राहक अनुभवहरु सिर्जना गर्दै ग्राउन्डब्रेकिंग स्मार्टफोन टेक्नोलोजीलाई अगाडि बढाएर अन्तर्राष्ट्रिय स्तरमा वृद्धि गर्ने पण््रयास गरिरहेको छ।
साझेदारीको उत्साह व्यक्त गर्दै भिभो नेपालका सीईओ माइकलले भने, ‘फिफा विश्वकप २०२२ कतारसँगको यो सहकार्य भिभोका लागि निर्णायक क्षण हो। ‘सुन्दर खेल’ भनेर चिनिने फुटबलसँग उमेर, जात, लिंग र संस्कृतिको बावजुद विश्वभरका अर्बौंलाई आनन्द प्रदान गर्ने र एकसाथ ल्याउने सक्ने शक्ति छ। वास्तवमा, यसको साँच्चिकै विश्वव्यापी पहुँच छ – यसले विश्वभरका अरबौंलाई प्रभाव पार्ने र प्रेरित गर्ने क्षमता राख्दछ, जसले प्रतिष्ठित फिफा विश्वकप कतार २०२२ लाई भिभोका लागि एक आदर्श मञ्च बनाउँछ, किनकि हाम्रो विश्वका ६० भन्दा बढी देश र क्षेत्रहरुमा उपस्थिति रहेको छ। यो साझेदारीले खेलकुदलाई प्रवर्द्धन गर्ने हाम्रो अन्तर्निहित मूल्यलाई प्रतिविम्बित गर्दछ। जसले लाखौं मानिसहरुलाई आनन्दित तुल्याउँदै विश्वभरका उपभोक्ताहरुका लागि एक अद्वितीय अनुभव प्रदान गर्दछ।’
दक्षिण एसियामा शुरुवात गरेदेखि नै भिभोको ध्यान र प्रतिबद्धता स्थानीय ग्राहकलाई उत्कृष्ट उत्पादन अनुभवहरु उपलब्ध गराउनमा रहेको छ। यसका साथै भिभोको स्थानीयकृत उत्पादन र मार्केटिङ रणनीतिहरुले गर्दा बजार हिस्सामा द्रुत वृद्धि देखेको छ। भिभोले प्रयोगकर्तालाई केन्द्रित गर्दै अग्रगामी स्मार्टफोन प्रविधिहरु प्रदान गर्न निरन्तर जारी राख्नेछ।
11 hours ago
12 hours ago
12 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
16 hours ago